मुक्तिनाथ विकास बैंकको नाफामा ४०.८१ प्रतिशतले बृद्धि
काठमाडौं, २२ बैशाख । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको ९ महिनाको अवधीमा ६० करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको सोही अवधीको तुलनामा ४०.८१ प्रतिशतले बढी हो ।
गत वर्षको तुलनामा यो अवधीमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुबैमा बृद्धि भएको छ। खुद ब्याज आम्दानी ४६.२६ प्रतिशतले बढेर १ अर्ब २९ करोड १२ लाख रुपैयाँ र सञ्चालन नाफा ४१.७८ प्रतिशतले बढेर ९३ करोड २४ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै यो अवधीमा बैंकले ४१ अर्ब ८० करोड ४९ लाख रुपैयाँ निक्षेप संकलन गरि ३६ अर्ब ४५ करोड १९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको वित्तिय प्रतिवेदनमा उल्लेख छ ।