डिप्रोक्स लघुवित्तको नाफा २८ करोड ७१ लाख

काठमाडौं, २३ बैशाख । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २८ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको सोही अवधीको भन्दा ६८.७८ प्रतिशतले बढी भएको जनाएको छ।

कम्पनीले खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा वृद्धि गरेको छ । खुद ब्याज आम्दानी गत वर्षको भन्दा २८.२९ प्रतिशले बढेर ५८ करोड ४० लाख २९ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ६८.२८ प्रतिशतले बढेर ३८ करोड ७२ लाख ४३ हजार रुपैयाँ पुगेको छ ।

यस अवधीमा ३ अर्ब ३४ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन गरि १० अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *