Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

प्रधानमन्त्री भन्छन्, संसदमा गैह्रसंसदीय शब्द प्रयोग गरेकै छैन !

प्रधानमन्त्री भन्छन्, संसदमा गैह्रसंसदीय शब्द प्रयोग गरेकै छैन !

काठमाडौं,२ जेठ । प्रधानमन्त्री के पी शर्मा ओलीले आफुले संसदमा बोलेको भाषा गैह्रसंसदीय नभएको स्पष्ट पारेका छन् । भियतनाम र कम्बोडियाको एक साता लामो भ्रमणबाट स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै संसदमा आफूले गैह्रसंसदीय शब्द प्रयोग नगरेको बताएका छन । उनले सभामुखले आफूले बोलेका शब्द नभइ प्रतिपक्षी कांग्रेसका सांसदले प्रयोग गरेका उत्ताउला, अमर्यादित र असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन दिएको टिपणी गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रमाथि हमला गर्ने अस्त्रको रूपमा, गणतन्त्रका सर्वोच्च संस्थामाथि अनाहकमा प्रहार भइरहेको प्रधानमन्त्रीको भनाइ छ ।  ‘विगतमा सामन्ती संस्था हुँदा त्यसको मर्यादा राख्नुपर्छ, त्यसको मर्यादा राख्नुपर्छ भन्नेहरू अहिले गणतन्त्रका आधारभूत संस्था र राज्यका सर्वोच्च निकायमाथि अपमान हुँदा चुप लागेका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘मुलुकको सर्वोच्च संस्थालाई अपमान गरेर बहादुरी ठान्ने प्रवृत्ति गणतन्त्रमाथिको हमला हो। यो अनाहक र अनुचित ढङ्गले आएको छ।‘

संघीय संसद सचिवालयमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि उठेका प्रश्नबारे प्रधानमन्त्री ओलीले नेपाली समाजलाई आधुनिक, विकसित र सभ्य बनाउन ल्याइएको  स्पष्ट पारे ।  ओलीले भियतनाम र कम्बोडिया भ्रमण अत्यधिक सफल र उपलब्धिमूलक रहेको बताए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x