Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

एकल विन्दु सेवा केन्द्र संचालनमा, १४ सरकारी निकाय एकैठाउँ

एकल विन्दु सेवा केन्द्र संचालनमा, १४ सरकारी निकाय एकैठाउँ

काठमाडौं, २ जेठ । सरकारले लगानी मैत्री वातावरणको लागि ‘एकल बिन्दु सेवा केन्द्रको शुरुवात गरेको छ । गत चैतमा संम्पन्न लगानी सम्मेलनमा अन्तराष्ट्रिय समुदायसँग गरिएको प्रतिवद्धता अनुशार नै सरकारले एकल विन्दु अर्थात एकद्वारसेवा केन्द्र संचालनमा ल्याएको हो ।सेवा केन्द्र संचालनमा आएसँग लगानीका लागि फरक फरक कार्यलय धाइरहनु पर्ने बातवरणको अन्यत हुने अपेक्षा गरिएको छ । त्रिपुरेश्वर स्थित उद्योग विभागको वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले एकल विन्दु सेवा केन्द्रको शुभारम्भ गर्दै मन्त्री यादवले लगानी मैत्री वातावरण निर्माणको लागि सेवा केन्द्र उपयोगी हुने बताउनुभयो । सेवाको सुरुवात सँगै लगानीकर्ताहरुले फाईल वोकेर कार्यालय ध्धाउनुपर्ने अवस्था अन्त्यको गरेको मन्त्री यादवको भनाई थियो ।

एकिकृत सेवाका लागि केन्द्रमा १२ सेवा केन्द्र अन्तर्गत उद्योग दर्ता ईकाइ, भन्सार तथा राजस्व ईकाइ, वातावरण ईकाइ, प्रशासन तथा कानूनी ईकाइ, पूर्वाधार ईकाइ, जग्गा सहजीकरण ईकाइ, विदेशी विनिमय सहजीकरण ईकाइ, भिसा सहजीकरण ईकाइ, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ईकाइ रहेका छन् ।

गएको चैत १५ र १६ गते काठमाण्डाैमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सरकारले व्यक्त गरेको प्रतिबद्धताअनुसार नै केन्द्र सञ्चालनमा ल्याउन लागिएको लगिएको छ । एकल बिन्दु सेवा केन्द्रले औद्योगिक व्यवसाय ऐन, २०७३ तथा अन्य प्रचलित कानून बमोजिम उद्योग वा लगानीकर्ताले पाउने सेवा, छुट, सुविधा, सहुलियत वा प्रोत्साहन सरल एवं सहज प्रक्रियाबाट उपलब्ध गराउने छ ।

केन्द्रमा सहसचिव सरहका एक प्रमुख कार्यकारीसहित ४१ दरबन्दी रहेको छ । केन्द्रमा सेवा प्रवाहलाई सहज बनाउन विभिन्न १४ वटा सरकारी निकायको प्रतिनिधित्व रहेको छ ।  

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x