Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

बैंक र बीमा कम्पनीलाई अर्थमन्त्रीको सुझाव ‘एउटा सेवा उपयोग गरेवापत जवरजस्ती अर्को सेवा लाद्ने योजना नल्याउ’

बैंक र बीमा कम्पनीलाई अर्थमन्त्रीको सुझाव ‘एउटा सेवा उपयोग गरेवापत जवरजस्ती अर्को सेवा लाद्ने योजना नल्याउ’

काठमाडौं, २ जेठ । पछिल्लो समय बीमा कम्पनी र बैंकहरुबीच धमाधम बैंकास्योरेन्स सम्झौता भइरहेको छ । यो सम्झौता अनुसार बैंकका विभिन्न शाखाबाट बीमा गराउन सकिन्छ । तर यसरी बैंक मार्फत बीमा गराउदा विमितलाई एउटा सेवा उपभोग गरेवापत जबरजस्ति अर्को सेवा लाद्न खोजेको देखिएको भन्दै अर्थमन्त्री डा.युवराज खतिवडाले त्यसतर्फ ध्यानाकर्षण गराएका छन् । हिजो बीमा समितिको ५१ औं बार्षिकोत्सव कार्यक्रममा उनले एउटा सेवा उपलब्ध गराउँदा अर्को योजना जवरजस्ती लाद्ने काम नगर्न बैंक तथा बीमा कम्पनीहरुलाई सुझाए ।

अहिले बैंकको सेवा लिए वापत बैंकहरुले जवरजस्ती बीमा गर्न बाध्य पार्ने गरेको गुनासो सुनिन थालिएको छ। केही बैंकले त आफ्ना शाखा कार्यालय प्रमुखहरुलाई बीमा गराउनका लागि निश्चित तार्गेट नै तोकिदिएका छन् ।

एकअर्को प्रसंगमा अर्थमन्त्री खतिवडाले दोहोरो अंकको आर्थिक बृद्धिका लागि बीमाबाट संकलन भएको प्रिमियमलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताए । आर्थिक वृद्धिमा बीमाको महत्वपूर्ण हिस्सा रहेको उनले बताए ।

त्यस्तै बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले एक वर्षमा बीमा क्षेत्रमा उलेख्य प्रगति भएको बताए । एक वर्षको अवधिमा बीमा शूल्क ४.०१ प्रतिशतले वृद्धि भएको जानकारी दिए । पछिल्लो समय बीमामा नेपालीको विश्वास बढेकोले जीवन बीमाको नाफामा पनि प्रगति हुँदै गएको जानकारी गराए । उनले एक वर्षको अवधिमा बीमा व्यवसायलाई व्यवस्थित, नियमित, विकसित र नियन्त्रित गर्ने उद्देश्यले महत्वपूर्ण कार्यहरु भएको पनि जानकारी दिए ।

समितिका अनुसार हाल बीमाको दायरा १७ प्रतिशत जनतामा पुगेको छ । कृषि तर्फ चालु वर्षको प्रथम त्रैमासमा बीमा ४६ प्रतिशतले बृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x