Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बिहिबार सेयर बजार २.२९ अंकले घट्यो, कमाउँने र सेयर कारोबार बढी गर्नेमा शिवम्

बिहिबार सेयर बजार २.२९ अंकले घट्यो, कमाउँने र सेयर कारोबार बढी गर्नेमा शिवम्

काठमाडौं, २ जेठ । साताको अन्तिम कारोबार बिहिबार (आज) सेयर कारोबारमा गिरावट आएको छ । साताको सुरु कारोबार देखि नै बढिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहिबार भने २.२९ अंकले गिरावट आई १३१८.७१ विन्दुमा रोकिएको छ ।

१ सय ७३ कम्पनीको २९ लाख ९२ हजार ६६३ कित्ता सेयर खरिदविक्री हुँदा ९४ करोड ७६ लाख ५६ हजार ५१६ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी सेयर कारोबार शिवम् सिमेन्ट लिमिटेडको भएको छ । उक्त शिवम् सिमेनटको १३ करोड ४१ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको हो ।

त्यस्तै सबैभन्दा बढी कमाउँनेमा पनि शिवम् सिमेन्टकै सेयरधनीहरु रहेका छन् । शिवम्को आज प्रतिसेयर १० प्रतिशतले बृद्धि भएको हो । सबैभन्दा बढी कृषि विकास बैंक लिमिटेडका सेयरधनीहरुले गुमाएका छन् । उक्त बैंकको प्रतिसेयर मूल्य ३.८८१२८ प्रतिशतले घटेको हो ।

त्यसैगरी नेप्सेमा सूचिकृत ११ समूहमध्मे ५ वटा समूहको मात्र परिसूचक बढेको छ भने अन्य ६ वटा समूहको परिसूचक घटेको छ । डेभलोपमेण्ट बैंक १.३४ प्रतिशत, फाईनान्स ०.४६ प्रतिशत, निर्जीवन बीमा ०.४५ प्रतिशत, उत्पादन तथा प्रशोधन ३.८९ प्रतिशत र म्यूचियल फण्ड समूहको परिसूचक ०.०८ प्रतिशतले बढेको छ ।

त्यस्तै बैंकिङ्ग ०.७ प्रतिशत, होटल ०.६ प्रतिशत, हाइड्रोपावर ०.०९ प्रतिशत, अन्य ०.०४ प्रतिशत, माइक्रोफईनान्स ०.३४ प्रतिशत र जीवन बीमा समूहको परिसूचक ०.१८ प्रतिशतले घटेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x