
काठमाडौं, १२ जेठ । नागरिक लगानी कोषले वाणिज्य बैंकहरुमा रकम जम्मा गर्ने भएको छ । तरलतायोग्य रकमको अभाव झेलिरहेका बेला कोषले ६ अर्ब २१ करोड ९० लाख रुपैयाँ रकम जम्मा गर्ने भएको हो ।
यसले हाल देखिएको तरलता अभावको समस्या केही हदसम्म भएपनि हल हुने अपेक्षा गरिएको छ। रकम एक वर्षका लागि मुद्धतिमा राख्न इच्छुक बैंकहरुले आउँदो बुधबार सम्म रकम, ब्याजदर र भुक्तानी गर्ने समय उल्लेख गरि प्रस्ताव पेश गर्न भनेको छ ।
Leave a Reply