‘अष्ट्रियन विश्व शिखर सम्मेलन’ मा भाग लिन उपप्रधानमन्त्री पुन अष्ट्रिया प्रस्थान
काठमाडौं, १२ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रियाको भियना प्रस्थान गरेका छन् । यही मंगलबार अष्ट्रियाको राजधानी भियनामा सुरु हुने ‘अष्ट्रियन विश्व शिखर सम्मेलन’मा भाग लिन उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, पूर्व सभामुख सुवास नेम्वाङ, मन्त्रीहरुलगायतले विदाई गरेका थिए ।
उपराष्ट्रपति पुनले भियनामा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी अष्ट्रियन विश्व शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् । उपराष्ट्रपति पुनको भ्रमण टोलीमा उनकी श्रीमती हस्तमाली पुन, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत लगायत सहभागि छन् । उनी आउँदो १८ गते (शनिबार) स्वदेश फर्कने कार्यक्रम छ ।