आगामी आर्थिक वर्षको बजेट कुन क्षेत्रमा कति ?
काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि संसद्मा बजेट प्रस्तुत गरिरहेका छन् । सरकारको तर्फबाट उनले बुधबार अपराह्न ४ बजेपछि बजेट भाषण सुरु गरेका हुन् । अर्थमन्त्री खतिवडाले संसदमा प्रस्तुत गरेको बजेटको प्राथमिकता यस्तो छ ः
- हवाई पूर्वाधारको पूर्वाधार विकास र व्यवस्थापनका लागि १५ अर्ब ८५ करोड बिनियोजन
- त्रिभुवन बिमानस्थललाई बुटिक बनाई २४ घन्टा सञ्चालन गरिने, उपत्यका नजिकै आन्तरिक बिमानस्थल निर्माण गरिने, गौतम बुद्ध बिमानस्थल आगामी वर्ष सक्न ३ अर्ब र पोखराका लागि ८ अर्व रुपैयाँ विनियोजन
- सांसदलाई दिईने निर्वाचन क्षेत्रको बजेट ६ करोड रुपैयाँ
- प्रत्येक निर्वाचन क्षेत्रमा पूर्वाधार विकासको लागि ९ अर्ब विनियोजन
- पुननिर्माणको लागि १ खर्ब ४१ अर्ब बजेट विनियोजन
- आवास, भवन र सहरी विकासको लागि ४० अर्ब ७३ करोड बजेट विनियोजन
- उपत्यका भित्र सडक बनाउँदा अनिवार्य फुटपाथ निर्माण गर्ने
- उपत्यकामा यसै वर्ष ३ हजार मानिस अट्ने सम्मेलन केन्द्र निर्माण गर्ने
- जनता आवास अन्तर्गत ३० हजार घर निर्माण गर्न ४ अर्ब ३० करोड विनियोजन
- यातायात व्यवस्थापनमा १ अर्ब ५३ करोड बजेट विनियोजन
- सडक, रेल र जल यातायातको लागि १ खर्ब ६३ अर्ब बजेट विनियोजन
- नारायणी र कोशी नदीमा जल यातायातको लागि बजेट विनियोजन
- काठमाडौैलाई चीन र भारत दुवै तिर जोड्ने गरी २ वर्षभित्र निर्माण सुरु गर्ने
- सडक मर्मतको लागि पेट्रोलियम पदार्थमा १ रुपैयाँ थप कर लगाइने
- आगामी वर्ष २ सय पूला सम्पन्न ७ अर्व विनियोजन
- मध्यपहाडी लोकमार्गलाई १३ अर्ब २० करोड, हुलाकी राजमार्गको लागि १३ अर्ब ५३ करोड विनियोजन, पूर्व पश्चिम राजमार्गलाई डेडिकेटेड चार लेनको बनाउन १९ अर्ब १८ करोड, डोल्पा जिल्लामा सडक पुराउने, द्रुतमार्गलाई १५ अर्ब १ करोड, मदन भण्डारी राजमार्गको लागि ४ अर्ब ८२ करोड विनियोजन
- उर्जा क्षेत्रको विकास लागि ८३ अर्व ४९ करोड बजेट विनियोजन
- ग्रामिण विद्युतिकरणको लागि ४ अर्ब ५० करोड विनियोजन
- . बुढीगण्डकीलाई १३ अर्ब
- प्रदेश २, कर्णाली र सुदुरपश्चिमलाई पूर्णरुपमा उज्यालो प्रदेश घोषणा गर्ने
- सबै प्रदेशमा कम्तिमा २ ठूला विद्युत आयोजना वा सौर्य ऊर्जा आयोजना विकास गर्दै सबै नेपालीको घरमा आधुनिक उर्जा पुराउने
- पेट्रोलियम पदार्थको आयात सहज बनाउन पाइप लाइन बिछ्याउने काम आगामी वर्ष सक्ने
- चीनको बन्दरगाहमार्फत तेस्रो मुलुकसँग व्यापार सुरु गरिने
- बिलासी र स्वास्थ्यलाई आघात पार्ने वस्तुको आयातमा निरुत्साहित गरिने
- नेपाली कपडा उद्योगलाई विद्युतमा ५० प्रतिशत छुट र व्याजमा ५ प्रतिशत अनुदान
- नुवकोट र काभ्रेको पाँचखालमा आर्थिक क्षेत्र स्थापना गरिने
- पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि २ अर्व ६८ करोड विनियोजन
- पर्यटन क्षेत्रका लाग २ अर्व ६८ करोड विनियोजन
- नेपाल भ्रमण वर्षका लागि प्रचार प्रसार र पूर्वाधारमा जोड दिइने
- माइस पर्यटन स्थलको विकास गरिने
- भूमि व्यवस्था र सहकारीको लागि ७ अर्ब ६९ करोड विनियोजन
- सबै क्षेत्रमा सहकारीको उपस्थिति बलियो बनाइने
- कमैया र हलियाको बसोबास आगामी वर्षभित्र पूर्णरुपमा सम्पन्न गरिने
- तटबन्धन निर्माणका लागि ५ अर्ब ६३ करोड विनियोजन
- सिंचाई क्षेत्रमा २३ अर्ब ६३ करोड विनियोजन
- कृषिमा ३४ अर्ब ६८ करोड बजेट विनियोजन
- उखु किसानकालाई अनुदानका लागि ९५ करोड
- रासायनिक मलको खरिदको अनुदानमा बृद्धि गरि नौ अर्व
- मुलुकलाई खाद्यन्नमा आत्मनिर्भर बनाउने, दुघ, अन्डा र मत्यपालन खेती प्रवद्र्धन गरिने
- प्रधानमन्त्री कृषि आधुनिकरणका लागि ८ अर्व विनियोजन
- महिला बालबालिका तथा जेष्ठ नागरिक तर्फ ७८ करोड विनियोजन
- सबै प्रकारका बालश्रमको अन्त गरिने
- योग्दनामा आधारित सुरक्षा कार्यक्रमलाई फराकिलो बनाइने र त्यसका लागि ६४ अर्व ५० करोड विनियोजन
- बालबालिकालाई दलित र कर्णाली सहित गरिबीको रेखामुनी रहेका बालबालिकालाई समेट्ने गरि बाल संरक्षण अनुदानमा १ अर्व ६४ करोड विनियोजन
- ७० वर्ष माथिका जनताको बीमा रकम सरकारले व्यहोर्ने कार्यक्रम निरन्तर
- हरेक स्थानीय तहमा जेष्ठ नागरिक केन्द्र खोल्ने
- १३ लाख जेष्ठ नागरिक लाभ
- सामाजिक शुरक्षा भत्तामा १ हजार बृद्धि निशुल्क स्वास्थ्य वीमा
- जेष्ठ नागरिक भक्ता ३ हजार पुग्यो
- ७० बर्ष माथिपको बृद्ध भत्ता तीन हजार पुर्याइयो
- श्रम र रोजगारी क्षेत्रमा ७ अर्ब १४ करोड बजेट विनियोजन
- श्रम र रोजगारमा ७ अर्ब १४ करोड विनियोजन
- प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्व
- आफ्नो गाउँ आफै बनाउन अभियानका लागि बजेट
- खानेपानी र सरसफाई क्षेत्रका लागि ४३ अर्ब ४६ करोड बजेट विनियोजन
- आफ्नो गाउ आफै बनाउ अभियानको निरन्तरता
- प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारी कार्यान्वयन निरन्तरता
- खानेपानी र सरसफलाइलाइ ४३ अर्ब विनियोजन
- ९२ प्रतिशत जनतालाई आधारभुत खानेपानी सेवा पुर्याउने, आगामी आर्थिक वर्षमा मेलम्ची
- खानेपानी आयोजना सम्पन्न गर्न ७ अर्व ३९ करोड विनियोजन
- स्वास्थ्य र जनसंख्या क्षेत्रको लागि ६८ अर्ब ७८ करोड विनियोजन
- सार्वजनीक स्थानमा धुम्रपान र मधपान सेवनमा रोक
- बीर अस्पताको भवन निर्माण गर्न ४० करोड विनियोजन
- सबै स्थानीय तहमा न्यूनतम एक चिकिस्तक उपलब्ध हुने व्यवस्था गर्न ५ अर्ब विनियोजन गरिएको छ।
- ५२ हजार स्वास्थ्य स्वयमसेविकाहरुलाई वार्षिक ३ हजार यातायात भत्ता दिन बजेट विनियोजन
- ८ प्रकारका जटिल रोगको निशुल्क उपचारको अनुदानमा बृद्धि, सुत्केरीलाई यातायात खर्चको लागि २ अर्ब २२ करोड विनियोजन
- सबैलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने र बीमितहरुलाई गुणस्तरीय सेवा दिइने छ । ६ अर्व विनियोजना
- विज्ञान तथा प्रविधि ः मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनका लागि १ खर्ब १० करोड
- मदनभण्डारी विश्व विद्यालयलाई १ अर्ब बिनियोजन
- योगमाया विश्व विद्यालयका लागि रकम विनियोजन
- ८३ हजार युवालाई सिपमुलक तालिमको व्यवस्था गरिने
- २२ लाख २९ हजार बालबालिकालाई दिवा खाजा उपलब्ध गराइने
- २ सय १२ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सुरु गरिने
- माध्यमिक तहसम्म निशुल्क शिक्षा ,माध्यमिक तहसम्मको लागि खुला विद्यालय,७० जिल्लालाई पूर्ण साक्षर घोषणा गर्ने
- राजस्व बाँडफाँडतर्फ प्रदेश र स्थानीय १ खर्ब ३० अर्ब बाँडफाँड हुने अनुमान
- प्रदेश र स्थानीय तहले पहिचान गरेका आयोजनाको लागि १० अर्ब समपुरक अनुदान
- विशेष अनुदानका लागि १० अर्ब विनियोजन
- आगामी आर्थिक वर्ष २०७६, ७७ को बजेटको प्रदेशका लागि ५५ अर्व ३० करोड सम्मानिकरण अनुदान