नेपाल भारत रेलसेवा सम्झौता पुनरावलोकन हुने
काठमाडौं,१७ जेठ । सरकारले भारतसँग भएको रेलसेवा सम्झौताको पुनरावलोकन गर्ने भएको छ । सम्झौताको पुनरावलोकनका लागि बैठकमा भाग लिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा ११ सदस्यीय वार्ता टोली गठन गरेको छ । यसै गरी सरकारले लुम्बिनी विकास परिषद्को सदस्य सचिव विष्णुप्रसाद ढकाललाई पदबाट हटाउने निर्णय सरकारले गरेको मन्त्रीपरिषदका नियमित पत्रकार सम्मेलनमा प्रवक्ता एव संचार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले जानकारी दिए । यस्तै सरकारले भारतको नयाँदिल्ली स्थित नेपाली राजदूतावासमा मिनिस्टर (इकोनोमी) पदमा कार्यरत राजपत्राङ्कित सह सचिव कृष्णहरी पुष्करलाई फिर्ता बोलाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले दोस्रो नवीकरण वापतको नवीकरण दस्तुर २० अर्व मध्ये बुझाउन बाँकी नवीकरण दस्तुरलाई पाँच किस्तामा विभाजन गरी प्रथम किस्ता वापतको दूरसञ्चार (मोबाइल सेवा) अनुमतिपत्र नवीकरण दस्तुर तत्काल भुक्तानी गर्न नेपाल दूरसञ्चार कम्पनी लिमिटेडलाई सूचित गराउने निर्णय भएको छ ।