Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

भोल्भो पेन्टा नेपालमा पनि

भोल्भो पेन्टा नेपालमा पनि

काठमाडौं, १७ जेठ । भोल्भो पेन्टा नेपालमा भित्र्याइएको छ । नेपालमा औद्योगिक विकास तथा मेरीनका उत्पादक सामाग्रीलाई नेपालमा सेवा दिने उद्देश्यले भोल्भो पेन्टाले नेपालको एक्सप्लोर अर्थ मुभर्स प्रा.लि.संग सहकार्य गरी आधिकारीक रुपमा सेवा सञ्चालन गरेको हो ।

नेपालको विकास तथा प्रबद्र्धन गर्नको लागि यसले एउटा सफल तथा भरपर्दो सहयोगीको रुपमा स्थापित गरेको जनाइएको छ । जसले नेपालका विभिन्न क्षेत्रमा सेवा सुविधा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

पञ्चकन्या ग्रुपको एक्सप्लोर अर्थ मुभर्स एउटा भोल्भो निर्माणका उपकरणको आयात गर्ने डिलरको रुपमा स्थापित नेपालको प्रसिद्ध कम्पनी हो । भोल्भो पेन्टा एउटा विश्वकै प्रतिष्ठित कम्पनी हो जसले विभिन्न निर्माणका उपकरणहरु निर्यात गर्दछ । यसका साथै कृषिका यान्त्रिक सामग्री, निर्माणका उपकरण, उर्जा उत्पादनका सामग्री, जहाजका उपकरणहरु तथा विभिन्न निर्माणका उपकरणको उत्पादन गर्दछ । भोल्भो पेन्टा पनि ए.बि. भोल्भो ग्रुपको भाग हो । जसले लाखौ इकाईहरु विश्वका १३० देशमा ३५ सय भन्दा बढी डिलरका रुपमा सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x