Date

सोम, मंसिर २९, २०८२
Mon, December 15, 2025

सप्तरीमा भएको आगलागीमा पाँच घर जलेर नष्ट

सप्तरीमा भएको आगलागीमा पाँच घर जलेर नष्ट

काठमाडौं, १९ जेठ। सप्तरीको बोदेबरसाइन नगरपालिका–३ स्थित गौराटोलमा गए राति आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ ।

विद्युत सर्किट सट भएर भएको आगालागिबाट राशिन्द्र यादव, काशिन्द्र यादव, जयनारायण यादव, जागेश्वर यादव र ध्रुवकुमार यादवको एक–एक घर पूर्णरूपमा जलेर नष्ट भएको सप्तरी प्रहरीले जनाएको छ ।

आगलागीमा परी अन्नपात, लत्ताकपडा, भाँडावर्तन, पम्पिङ सेट, पक्षीसहित सरसामान जलेर नष्ट भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा राजविराज नगरपालिका र शम्भुनाथ नगरपालिकाबाट गएको वारूणयन्त्रको सहयोगमा गए आगो नियन्त्रणमा लिइएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *