Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

दरवार हत्याकाण्डको १८ बर्ष पुरा, विरेन्द्रको वंशनास गराएको घटना अझै रहस्यमै

दरवार हत्याकाण्डको १८ बर्ष पुरा, विरेन्द्रको वंशनास गराएको घटना अझै रहस्यमै

काठमाडौं,१९ जेठ ।  तत्कालीन राजा विरेन्द्रको बंशनाश भएको नारायणहिटी राजदरबार हत्याकाण्ड भएको १८ वर्ष पूरा भएको छ । आजको दिन जेठ १९  २०५८ सालमा भएको घटनामा राजपरिवारका अन्य सदस्य सहित राजा वीरेन्द्रको वंश नाश भएको थियो । तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र अधिराजकुमार धीरेन्द्र शाहको हत्या भएको थियो । घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरख शमशेर र केतकी चेस्टर घाइते भएका थिए । हत्याकाण्डका विषयमा विभिन्न चरणमा छानविन भएका छन् ।

तत्कालीन प्रधान न्यायाधीश  धानन्यायाधीशको संयोजकत्वमा गठन भएको छानविन समितिले तत्कालीन युवराज दीपेन्द्रले हत्या गरेको प्रतिवेदन सार्वजनिक गरेपनि घटनाको १८ वर्ष पूरा हुँदा समेत सर्वसाधारण भने दीपेन्द्रलाई हत्यारा मान्न तयार छैनन् । सरकारले सो घटनाको सत्यतथ्य बाहिर ल्याउने प्रतिवद्दता जनाए पनि अहिलेसम्म कुनै कदम चालिएको छैन । सो घटना अझै रहस्य मै रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x