Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

प्रदेश २ को नीति कार्यक्रम सार्वजनिक हुँदै , रोजगारी सृजना र कृषि उच्च प्राथामिकतामा

प्रदेश २ को नीति कार्यक्रम सार्वजनिक हुँदै , रोजगारी सृजना र कृषि उच्च प्राथामिकतामा

धनुषा,१९ जेठ । प्रदेश २ सरकारले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनकि गर्दै छ । आज १ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेश २ सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछन् । यसअघि चालु आर्थिक वर्षका लागि कृषिलाई पहिलो प्राथमिकतामा राखेको प्रदेश सरकारले आगामी आर्थिक वर्षमा समेत कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताइएको छ। गत वर्ष कृषि तथा सिँचाइलाई प्राथमिकतामा राख्दै प्रदेश सरकारले ‘हरेक खेत मे पानी, हरेक हाथ मे काम’ भन्ने नारा दिँदै नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो। रोजगारी सृजनालाइ उच्च प्राथामिकता राखिएको छ ।

यसैगरी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई समेत प्राथमिकतामा राखेको छ। नीति तथा कार्यक्रममा कृषि र शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको छ ।  कृषि र शिक्षाका साथै प्रदेशभित्र पर्यटन व्यवसाय, उद्योग कलकारखानाको स्थापना तथा लगानी भित्र्याउने वातावरणको निर्माण गर्ने विषय विशेष प्राथमिकताका साथ नीति तथा कार्यक्रममा समावेश गरिने बताइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x