Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

जेठ २५ देखि प्रधानमन्त्री ओली साताव्यापी युरोप भ्रमणमा जाने

जेठ २५ देखि प्रधानमन्त्री ओली साताव्यापी युरोप भ्रमणमा जाने

काठमाडौं, १९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली यही जेठ २५ गतेदेखि एकसाता लामो युरोप भ्रमणमा जाने भएका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओली स्विट्जरल्याण्ड, बेलायत र फ्रान्स पुग्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

प्रधानमन्त्रीले जेठ २५ गते स्विटजरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को साधारणसभामा सहभागिता जनाउने छन् । त्यसपछि जेठ २७ गते बेलायत पुगेर अक्सफोर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने र नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै जेठ २९ गते फ्रान्स प्रस्थान गरी त्यहाँ उच्च स्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम तय भएको छ। असार १ गते प्रधानमन्त्री ओली भ्रमण पूरा गरी स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x