Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

प्रादेशिक आर्थिक बृद्धिदर : प्रदेश ५ को ७.३७ र कर्णाली प्रदेशको ५.६८ प्रतिशत हुने अनुमान

प्रादेशिक आर्थिक बृद्धिदर : प्रदेश ५ को ७.३७ र  कर्णाली प्रदेशको ५.६८ प्रतिशत हुने अनुमान

काठमाडौं, २० जेठ । चालु आर्थिक वर्षमा प्रदेश १ को आर्थिक वृद्धि दर ६.४९ प्रतिशत रहने अनुमान गरिएको छ । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको ९ महिनाका तथ्यांक र सूचनाका आधारमा यो अनुमान गरेको हो ।

विभागले विराटनगरमा आयोजना गरेको प्रादेशिक राष्ट्रिय लेखा तथ्यांक सार्वजनिकीकरण तथा अन्तरक्रिया गोष्ठीमा ७ वटै प्रदेशमा प्रदेश १ आर्थिक वृद्धिदरमा पाँचौं स्थानमा रहेको तथ्यांक सार्वजनिक गरेको छ । सबैभन्दा बढी प्रदेश ५ को ७.३७ प्रतिशत, दोस्रोमा गण्डकी प्रदेशको ७.०६, प्रदेश ३ को ७. ०६, प्रदेश २ को ६. ५३, सुदुरपश्चिम प्रदेशको ६.२५ र कर्णाली प्रदेशको ५.६८ प्रतिशत आर्थिक वृद्धिदर रहेको तथ्यांक छ ।

प्रदेश १ मा यस वर्षको कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको ३६.८ र गैरकृषि क्षेत्रको ६३.२ प्रतिशत योगदान रहने विभागका निर्देशक इश्वरीप्रसाद भण्डारीले बताए ।
छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x