राष्ट्र बैंकले पाँच अर्व १३ करोडको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौं, २० जेठ । नेपाल राष्ट्र बैंकले पाँच अर्ब १३ करोडको ट्रेजरी बिल बिक्रि गर्ने भएको छ । केन्द्रीय बैंकले आज दुई भिन्न किसिमका पाँच अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । ट्रेजरी बिलको अनलाइन बोलकबोल मंगलबार हुनेछ ।

९१ दिनको लागि जारी हुन लागेको तीन अर्ब १३ करोड बराबरको ट्रेजरी बिल आउँदो भदौ १७ गते परिपक्व हुनेछ । त्यसैगरी तीन सय ६४ दिनको लागि जारी हुन लागेको दुई अर्ब बराबरको ट्रेजरी बिल भने २०७७ जेठ २ गते परिपक्व हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *