Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

संसदमा बजेट माथिको छलफल : सत्तापक्षका सांसदको प्रशंसा, विपक्षीको खरो आलोचना

संसदमा बजेट माथिको छलफल : सत्तापक्षका सांसदको प्रशंसा, विपक्षीको खरो आलोचना

काठमाडौं, २० जेठ । सरकारका तर्फबाट अर्थमन्त्री डा.युवराज खतिवडाले संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०७६, ७७ को बजेट माथिको छलफल चलिरहेको छ । हिजो देखि सुरु भएको छलफलमा भाग लिँदै सत्ता पक्षका सांसदले मुक्तकण्ठले प्रशंसा गरेका छन् भने विपक्षी सांसदहरुले खरो आलोचना गरेका छन् ।

आजको छलफलमा सत्तारुढ नेकपाका सांसद एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले नीति कार्यक्रममा आधारित भएर बजेट आएको र यसले समृद्धिको आधार तयार पार्ने दाबी गरे । राष्टिय पुँजीको निर्माण गर्न बजेट केन्द्रित भएको भन्दै उनले जलविद्युत्, सिँचाइ, सडक जस्ता पूर्वाधारमा सन्तुलित ढंगले बजेट विनियोजन गरिएको बताए । तर नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी आर्थिक वर्षको बजेट खुद्रे आयोजनामा अल्मलिएको बताए । सरकारले ठूला आयोजनामा ध्यान नदिएको भन्दै उनले टुक्रे आयोजना लिएर संघीयताको मर्म विपरित बजेट आएको आरोप लगाए ।

त्यस्तै छलफलमा भाग लिदै प्रतिपक्षका सांसदहरुले बजेटमा लिइएको ८.५ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य र रोजगारी सृजनामा पनि उड्न्ते लक्ष्य लिएको आरोप लगाएका छन् । सत्तापक्षका सांसदहरुले भने बजेट नीति कार्यक्रममा आधारित भएर आएको भन्दै यसको कार्यान्वयनले समृद्धिको आधार तयार पार्ने दाबी गरेका छन् ।

बजेट माथिको छलफल भोली सम्म चल्ने छ । छलफलमा उठेका प्रश्नहरुको अर्थमन्त्री डा.युवराज खतिवडाले जवाफ दिने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x