Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेपाल लाइफ इन्स्योरेन्सको ‘सदावहार जीवन बीमा’ योजना सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सको ‘सदावहार जीवन बीमा’ योजना सार्वजनिक

काठमाडौं, २६ जेठ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ सदावहार जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । कम्पनीले ‘सदावहार जीवनका लागि सदावहार जीवन बीमा योजना’ भन्ने नाराका साथ उक्त बीमा योजना सार्वजनिक गरेको हो ।

कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईका अनुसार यो योजनामा प्रत्येक वर्ष बीमाङ्कको ५ प्रतिशतका दरले हुन आउने रकम बीमालेखको वार्षिकोत्सवमा भुक्तानी हुनेछ । साथै, आजिवन जोखिम बहन गर्नु र बीमा अवधी पश्चात पनि समर्पण मूल्य प्राप्त गर्ने, योजनाको मुख्य विशेषता रहेको कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै कम्पनीका अनुसार यो योजनाका लागि न्यूनतम बीमाङ्क रकम २ लाख रूपैयाँ कायम गरिएको छ । तर, सेवाग्राहीको आय स्रोतका आधारमा यो योजनामा जति पनि बीमाङ्क रकम राखेर सहभागी हुन सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ । बीमा पोलिसी खरिदका लागि न्यूनतम ११ वर्ष र अधिकतम ६५ वर्ष उमेर हुनुपर्ने भनिएको छ ।

दुर्घटना मृत्यु लाभ, बीमा शुल्क छुट सुविधा र अशक्त सुविधा लिनका लागि १६ वर्ष र घातक रोग सुविधा लिनका लागि १८ वर्ष उमेर तोकिएको छ । बीमा शुल्क भुक्तानी अवधि न्यूनतम ५ वर्ष र अधिकतम २० वर्ष रहेको यो योजनाको बीमा शुल्क भुक्तानी समाप्त हुने अधिकतम उमेर ७० वर्ष रहेको छ । बीमा शुल्क भुक्तानी एकल, वार्षिक, अर्ध–वार्षिक, त्रैमासिक र मासिक तरिकाले गर्न सकिने कम्पनीले जनाएको छ ।

बीमालेख चालू भएको अवस्थामा बीमा शुल्क भुक्तानी अवधिभित्र बीमितको मृत्यु भएमा बीमालेख अन्तर्गत पूरा बीमाङ्क रकम र नियमानुसारको बोनस रकम एकमुष्ट प्रदान गरिनेछ । यसमा बिमितलाई प्रत्येक वर्ष ५ प्रतिशतका दरले आशिंक भुक्तानी गरेको रकम कट्टा नगरिने कम्पनीले जानकारीको दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x