Date

मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025

साताको पहिलो दिन नै सेयर बजारमा दोहोरो अंकको गिरावट

साताको पहिलो दिन नै सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं, ८ असार । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । बजार खुलेदेखि नै क्रमश ओरालो लागेको बजार १०.०१ अंकले घटेर १२५४.३५ को बिन्दुमा बन्द भएको छ ।

कारोबारमा आएका मध्ये विकास बैंक, फाइनान्स र म्यूचुअल फन्ड बाहेक अरु सबै समूहको उपसूचकमा गिरावट आएको छ ।

एक सय ७२ कम्पनीको ४८ करोड १८ लाख ५९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा लक्ष्मी बैंकको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। बैंकको ४ करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै सो दिन धेरै कमाउनेमा गुँरास लघुवित्त वित्तीय संस्थान लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने स्वदेशी लघुवित्त वित्तीय संस्थानका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *