Date

मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025

सांसदहरुलाई अर्थमन्त्रीको जवाफ–८ प्रतिशतको आर्थिक बृद्धि सम्भव छ

सांसदहरुलाई अर्थमन्त्रीको जवाफ–८ प्रतिशतको आर्थिक बृद्धि  सम्भव छ

काठमाडौं, ८ असार । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले आठ प्रतिशत आर्थिक वृद्धि हाँसिल गर्न सम्भव रहेको बताएका छन्  । प्रतिनिधिसभाको बैठकमा बजेटका सम्वन्धमा उठेका प्रश्नको जवाफ दिँदै  मन्त्री खतिवडाले आठ प्रतिशतको आर्थिक बृद्धि संभव रहेको जवाफ दिएका हुन ।  ‘सरकारी, निजी र सहकारीलगायत सबै मिलेर काम गर्ने हो भने आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न ठूलो कुरा छैन ।’अर्थमन्त्री डा खतिवडाले भने ।

मधेलाई बजेटले प्राथामिकतामा राखेन भन्ने प्रश्नको जवाफमा अर्थमन्त्री खतिवाडाले बजेट विनियोजनमा तराई–मधेशलाई उच्च प्राथमिकता राखिएको र भौतिक पूर्वाधारमा मात्र रु एक अर्वमाथि बजेट विनियोजन गरिएको  जानकारी दिए । दक्षिण एशियामा सबैभन्दा बढी वैदेशिक ऋण लिने नेपाल रहेको जानकारी दिँदै उनले भने, ‘दिगो विकास लक्ष्य हासिल गर्न बजेटको आकार बढाउनुपर्छ ।’अर्थमन्त्री डा खतिवडाले भूकम्पको पुनःनिर्माण सकुञ्जेल वैदेशिक ऋण बढ्न सक्ने बताउँदै ऋणलाई राष्ट्रिय उत्पादकत्व र द्रुत विकासमा खर्च गरिने हो भने ।

अर्थमन्त्री डा. खतिवडाको जवाफमाथि सांसद डिला सङ्ग्रौलाले बजेट वितरणमुखी र सस्तो लोकप्रियता हाँसिल गर्ने खालको रहेको आरोप लगाइन् । सांसद प्रेम सुवालले वैदेशिक ऋण लिएर किन कर्मचारीको तलब वृद्धि गरियो भन्ने प्रश्न गरे । अर्थमन्त्री डा खतिवडाले आर्थिक क्षमता बढाएर वितरण गर्दै जाने हो, जनताको जीवनस्तर माथि उकास्नु नै सरकारको लक्ष्य हो भने । उनले शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा क्षेत्रमा बजेटको बढी चाप रहेको बताउँदै विप्रेषणको रकम उपयोग भइराखेको जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *