नेपाललाई दिगो विकास लक्ष्य हाँसिल गर्न एनआरएनएले पनि सघाउने

काठमाडौं, ८ असार । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य खगेन्द्र ढकालले नेपालले दिगो विकास लक्ष्यका हाँसिल गर्न आवश्यक रकम सहयोग गर्न गैरआवासीय नेपालीहरु तयार रहेको बताएका छन् । एनआरएनए थाईल्याण्डले आयोजना गरेको कार्यक्रमम उनले यस्तो बताएका हुन ।
राष्ट्रिय योजना आयोगले केही समय अघि मात्र दिगो विकास लक्ष्य हाँसिल गर्न वार्षिक वार्षिक सवा २० खर्ब रुपैयाँ लगानी गर्नुपर्ने तथ्य सार्वजनिक गरेको थियो । नेपालको विकासको भरपर्दो साझेदारको रुपमा एनआरएनएले प्रमाणित गर्न डाएस्पोरा सदस्यहरुको स्रोत साधन र पँहुचलाई सदुपयोग गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा नेपाली राजदुत गणेश प्रसाद ढकालले एनआरएनएसँग नेपाल सरकारले ज्ञान, सिप, प्रबिधि, पहँुच र लगानीको क्षेत्रमा ठुलो अपेक्षा रहेको भन्दै सहयोगका लागि आग्रह गरे ।