Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एभरेष्ट बैंकका ग्राहकलाई मेडीसिटी अस्पतालमा ७ प्रतिशत छुट

एभरेष्ट बैंकका ग्राहकलाई मेडीसिटी अस्पतालमा ७ प्रतिशत छुट

काठमाडौं, १८ असार । एभरेष्ट बैंक लिमिटेडका ग्राहकहरुले नेपाल मेडीसिटी हस्पिटलमा विशेष छुट पाउने भएका छन् । ललितपुरको भैसीपाटीमा रहेको उक्त हस्पिटलमा एभरेष्ट बैंकका ग्राहकले उपचार गराउँदा ७ प्रतिशत छुट पाउने भएका हुन् ।

त्यस्तै बैंक र हस्पिटलबीचको सम्झौता अनुसार बैंकका ग्राहकहरुले औषधि बिल, डिस्पोजेबल प्रत्यारोपण, ओपीडी परामर्श तथा प्याकेजहरु बाहेक अन्य सेवा–सुविधाहरुमा छुट पाउन सक्ने बैंकले जनाएको छ । बैंकका ग्राहकहरुले भिषा डेबिट कार्ड स्वाइप गरेर उपलब्ध अफरहरुको लाभ लिन सक्ने बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । मेडीसिटी अस्पताल दक्षिण एशियाकै उत्कृष्ट स्वास्थ्य सेवा गन्तव्यको रुपमा विकसित भएको अस्पताल हो ।

हाल बैंकले ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १ सय १९ एटीएम मार्फत् सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x