सन्राइज बैंकको शाखा रुपन्देहीको मणिग्राममा
काठमाडौं, १८ असार । सन्राइज बैंकले रुपन्देहीस्थित मणिग्राममा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले एक कार्यक्रम आयोजना गरी १११ औं शाखा सञ्चालनमा ल्याएको जानकारी दिएको हो ।
उक्त शाखाको उद्घाटन तिलोत्तमा नगरपालिकाका मेयर बाशुदेब घिमिरे र बैंक सञ्चालक समितिका सदस्य ईं. शैलेन्द्र गुरागाईंले संयुक्त रmपमा गरेका हुन् ।
हाल बैंकले १ सय ११ वटा शाखा कार्यालय, ३६ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १ सय २५ वटा एटीएम मार्फत् सेवा प्रदान गर्दै आएको छ ।