Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

खल्तीबाटै अब डिम्याट र मेरो सेयर नवीकरण शुल्क भुक्तानी गर्न सकिने

खल्तीबाटै अब डिम्याट र मेरो सेयर नवीकरण शुल्क भुक्तानी गर्न सकिने

काठमाडौं, २७ असार । सेयर कारोबार गर्ने व्यक्तिहरूले अब खल्तीबाटै हितग्राही खाता (डिम्याट) र मेरो सेयरको शुल्क भुक्तानी गर्न सक्ने भएका छन् । ‘खल्ती डिजिटल वालेट’ले बिहिबारबाट खल्ती एप तथा वेबसाइट प्रयोग गरी अनलाईनबाटै डिम्याट र मेरो सेयरको वार्षिक नवीकरण शुल्क भुक्तानी सेवाको औपचारिक रुपमा सुरुवात गरेको हो । उक्त डिम्याट र मेरो सेयर नवीकरण शुल्क भुक्तानी सेवाको औपचारिक सुरुवात खल्तीका प्रवन्ध निर्देशक मनिष मोदीले गरेका हुन् ।

नेपालको सन्दर्भमा अहिले पनि डिम्याट तथा मेरोसेयर खातावालहरु मर्चेन्ट बैंकिङको कार्यालयमै पुगेर नवीकरण शुल्क तिर्नु पर्ने बाध्यता रहेको र त्यो धेरै बोझिलो नहोस् भनेर खल्तीले मोबाईलबाटै सहजतापूर्ण तरिकाले नवीकरण शुल्क भुक्तानी सेवा सुचारु गरेको प्रवन्ध निर्देशक मोदीले जानकारी दिए ।

यो सेवाको सुरुवातसँगै खल्तीले एप तथा वेबसाईटमा ‘सेयर’ नाम दिइएको एउटा नयाँ आईकन ल्याएको छ । उक्त आईकनलाई एक क्लिकमै बिना कुनै अतिरिक्त शुल्क छिटो र सजिलो तरिकाले डिम्याट तथा मेरो सेयर नवीकरण शुल्क भुक्तानी गर्न सकिने खल्तीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x