Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

विश्व बैंकले नेपाललाई १ सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्रदान गर्ने

विश्व बैंकले नेपाललाई १ सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्रदान गर्ने

काठमाडौं, २७ असार । विश्व बैंकले नेपाललाई १ सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको छ। शुक्रबार एक कार्यक्रमबीच विश्व बैंक समूहले नेपाललाई १ सय मिलियन अमेरिकी डलर अर्थात करिब ११ अर्ब रुपैयाँ बराबरको सहलियतपूर्ण ऋण प्रदान गर्ने सम्झौता गरेको हो ।

सहुलियतपूर्ण ऋण स्वीकार गर्नेसम्बन्धी सम्झौतामा राजस्व सचिव लालशंकर घिमिरे र विश्व बैंकका देशीय व्यवस्थापक फारिस एच हाडाड–जेर्भोसले हस्ताक्ष गरे । विश्व बैंकले सो सहयोग नेपालको वित्तीय संघीयता कार्यान्वयन थप सुदृढ पार्न तथा सार्वजनिक वित्त व्यवस्थापनमा सघाउ पु¥याउने बताइएको छ।

ऋण सहयोग स्वीकार गर्दै राजस्ज सचिव घिमिरेले समन्वयन र क्षमता नेपालको तीनखम्बे अर्थनीतिको एउटा जग भएको बताउँदै उनले सहयोगको जवाफदेशी बन्न सरकार आफ्नो उत्तरदायित्वअनुसार विकास निर्माणमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै विश्व बैंकका नेपाल प्रतिनिधि फारिसले नेपालको वित्तिय संघीयताको उचित व्यवस्थापनका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x