Date

आइत, पुस २८, २०८१
Sun, January 12, 2025

कामना सेवा विकास बैंककोे ९३ औं शाखा भक्तपुरको राधे–राधेमा

कामना सेवा विकास बैंककोे ९३ औं शाखा भक्तपुरको राधे–राधेमा

काठमाडौ, २७ असार । कामना सेवा विकास बैंक लिमिटेडले ९३ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. २६ स्थित राधे–राधेमा शुक्रबार ९३ औंं शाखाकार्यालय स्थापना गरी कारोबार सुरुवात गरेको हो ।

उक्त शाखाबाट कारोबारको सुरुवात बैंकका अध्यक्ष सुिदप आचार्य र संचालक तथा नायव महाप्रबन्धक हरि प्रसाद लम्सालले संयुक्त रुपमा गरेका हुन् । बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जालमार्फत् ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हाल बैंकले यो शाखासमेत गरी देशका विभिन्न भागहरुमा ९३ वटा शाखा कार्यालय र ४४ वटा एटीएम मार्फत सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x