सनराइज बैंकको दुई नयाँ एटिएमहरु संचालनमा

काठमाडौं, १२ पौष । सनराइज बैंकले बालाजु चोक र पद्म कोलनी, सीतापाइलामा एटिएमहरु संचालनमा ल्याएको छ । पद्म कोलनी एटिएमको उद्घाटन बैंकका संचालक ज्योति कुमार बेगानी र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा गरेका थिए । यस्तै बालाजु एटिएमको उद्घाटन बैंकका संचालकद्घय मालचन्द दुगड र ज्योति कुमार बेगानीले संयुक्त रुपमा गरेका थिए ।

हाल सनराइज बैंकले मुलुकभर आफ्नो ७१ वटा शाखा, ८९ वटा एटिएम, १७ वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा आधुनिक एंव सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *