Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

आइआइडिएसको प्रक्षेपण सन् २०२० मा मुलुकको आर्थिक बृद्धि ६ प्रतिशतमा सिमित हुने

आइआइडिएसको प्रक्षेपण सन् २०२० मा मुलुकको आर्थिक बृद्धि ६ प्रतिशतमा सिमित हुने

काठमाडौं, १० साउन । सन् २०२० मा मुलुकको आर्थिक वृद्धि ६ प्रतिशतमा सिमित हुने एक अध्ययनले देखाएको छ। अर्थविद्हरुको संस्था इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस) ले सन् २०२० मा मुलुकको आर्थिक वृद्धि ६.०२ प्रतिशत हुने प्रक्षेपण सार्वजनिक गरेको हो ।

आज सार्वजनिक गरिएको ‘नेपाल इकोनोमिक आउटलुक २०१८–१९’ प्रतिवेदनमा गरिएको आर्थिक वृद्धिको प्रक्षेपण सरकारले लिएको लक्ष्यभन्दा करिब २.५ प्रतिशतले कम हो। सरकारले चालु आर्थिक वर्षको बजेटमा ८.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ। त्यस्तै, मूल्यवृद्धि ४.७ प्रतिशत हुने प्रक्षेपण गरिएको छ।

भिएआर (भ्यालु एट रिस्क) विधिबाट सन् २०१८–१९ का समग्र आर्थिक सूचकहरुको विश्लेषण गरी प्रतिवेदन तयार पारिएको जानकारी दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *