Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

कुमारी बैंकको ‘कुमारी परिवार सुरक्षा’ खाता सञ्चालन

कुमारी बैंकको ‘कुमारी परिवार सुरक्षा’  खाता सञ्चालन

काठमाडौं, १२ साउन । कुमारी बैंक लिमिटेडले ‘कुमारी परिवार सुरक्षा’ खाता योजना सार्वजनिक गरेको छ । आइतबार (आज) एक कार्यक्रम आयोजना गरी उक्त खाता योजनाको प्रारम्भ गरेको हो ।

यो बचत खातामा न्यूनतम १० हजार रुपैयाँ मौज्दात हुनु पर्ने बैकले जनाएको छ । यसमा वार्षिक ६.५ प्रतिशत ब्याजदर लागु हुने जनाईएको छ । दम्पतीलाई १०–१० लाख रुपैयाँका दरले २० लाख रुपैयाँ आकस्मिक दुर्घटना बीमाका साथै पूर्ण शारीरिक अशक्तता बीमा समावेश गरिएको छ भने परिवारका चार सदस्यलाई १० घातक रोगहरुका लागि ५ लाखसम्मको बीमाको सुविधा प्रदान गरिने बैकले जनाएको छ ।

त्यसैगरी परवारका चारै सदस्यलाई अस्पताल भर्ना हुनुपर्ने खण्डमा औषधोपचारको लागि १ लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध हुने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x