Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

सेयर बजारमा देखिएन उत्साह, लगानीकर्ता भन्छन्–‘अनावश्यक प्रचारले बजार खस्कियो’

सेयर बजारमा देखिएन उत्साह, लगानीकर्ता भन्छन्–‘अनावश्यक प्रचारले बजार खस्कियो’

काठमाडौं, १३ साउन । निरन्तर ओरालो लागिरहेको सेयर बजारमा चालु आर्थिक वर्षको बजेट र मौद्रिक नीति पश्चात सुधार हुने अनुमान गरिएको थियो । तर, अनुमान गरे अनुसार अहिले सम्म पनि बजारमा उल्लेख्य सुधारको संकेतहरु देखिएको छैन ।

मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबार दिन गतबिहीबार बजारमा १४ अंकले गिरावट आएको थियो । हिजो पनि बजारमा १७.११ अंकले गिरावट आएको थियो । तर आज भने झिनो अंकले बजार बढेको छ । ३.१८ अंकले बढेर १२५५.९८ विन्दुमा बन्द भएको छ ।

सेयर कारोबार भने हिजोको तुलनामा १४ करोड रुपैयाँले कम भएको छ । १ सय ६६ कम्पनीको १२ लाख ८ हजार ३ सय ४२ कित्ता सेयर ३५ करोड आठ लाख रुपैयाँमा खरिद–विक्री भएको छ ।
सेयर लगानीकर्ताहरुमा सेयर सम्बन्धी नकारात्मक प्रचार भएकोले पछिल्लो समय सेयर बजार खस्किदै गएको अनुमान गरिएको छ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारका अनुसार नीतिगत कुराहरु राम्रो भएपनि लगानीकर्ताले त्यसलाई स्पष्ट बुझ्न नसक्दा बजारमा अपेक्षित सुधार हुन सकेको छैन । कतिपय लागानीकर्ताले अनलाईन सञ्चारमाध्यमका कुराहरुलाई पत्याई बैंकहरुले बोनस दिँदैनन् भन्ने भ्रममा परेको उनी बताउँछन् । ‘हामीलाई नै थाहा नभएको कुरा अनलाईन सञ्चार माध्यमबाट प्रचार हुने र त्यो हेरेर लगानीकर्ताले सेयर कारोबार गर्नाले बजारमा नकारात्मक प्रभाव पर्न गएको हो ।’ उनले भने, ‘तर, हालको सेयर बजारको विन्दु १२ सय ५० मा हुनुलाई पनि सकारात्मक रुपमै लिन सकिन्छ । एक ताका ११ सयसम्मको विन्दुुमा पुगेको सेयर बजार अहिले सुदृढ अवस्थामा रहेको मान्न सकिन्छ ।’ अध्यक्ष रौनियारले अनावश्यक प्रचारको पछि नलाग्न लगानीकर्ताहरुलाई आग्रह गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *