Date

सोम, माघ २८, २०८१
Mon, February 10, 2025

डोल्पा र तनहुँमा प्रभु बैंकको शाखा विस्तार

डोल्पा र तनहुँमा प्रभु बैंकको शाखा विस्तार

काठमाडौं, २१ साउन । प्रभु बैंकले डोल्पा र तनहुँमा शाखा कार्यालय थप गरेको छ। बैंकले डोल्पाको शे फोकसुण्डो गाउँपालिका वडा नं. ७ स्थित साल्दाङ्ग र तनहुँको बन्दीपूर गाउँपालिका वडा नं. १ स्थित डुम्रेमा शाखा कार्यालय संचालनमा ल्याएको हो ।

यो सँगै प्रभुको मुलुकभर शाखा संख्या १ सय ९३ पुगेको छ । बैंकको शे–फोकसुण्डो शाखा कार्यालयको शे–फोकसुण्डो गाउँपालिकाका अध्यक्ष टसि तुण्डुप गुरुङ्ग र डुम्रे शाखा कार्यालयको बन्दीपूर गाउँपालिकाका अध्यक्ष पुर्ण सिंह थापाले उद्घाटन गरेको बैंकले जानकारी दिएको छ।

यी शाखा कार्यालयबाट प्रवाह हुने बैंकिङ्ग सेवाबाट सो क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैंकको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x