Shangrila

नेको इन्सुरेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खड्काले पदभार सम्हाले

काठमाडौं, २२ साउन । नेसो इन्सुरेन्सको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले आज देखि पदभार सम्हालेका छन् । कम्पनीको संचालक समितिको ३ सय ६९औं बैठकले खड्कालाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

करिब २१ बर्षको बैंकिङ्ग अनुभव हासिल गरेका उनी विगत ५ वर्षदेखि बीमा क्षेत्रमा कार्यरत छन् । उनले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । नवनियूक्त प्रमुख कार्यकारी अधिकृत खड्काको बीमा बजारलाई व्यवस्थितगर्न सक्दो सहयोग गर्ने बताए । बजार विस्तारिकरणमा योगदान दिने, नयाँ सिस्टमहरुबाट ग्राहकलाई सुविधा पु–याउने र बीमाबजारमा रहेका बिकृतीहरुलाई हटाउनुका साथै मर्जरलाई प्रोत्साहन गर्न नियामक निकायलाई सघाउने उनले बताए ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *