गत वर्ष प्राइम लाइफ इन्स्योरेन्सको नाफा ३१ करोड ३० लाख
काठमाडौं, २२ साउन । प्राइम लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा २०७५–७६ मा ३१ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो नाफा रकम ४५ प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्षमा कम्पनीले २१ करोड ६३ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । चुक्ता पुँजी १ अर्ब ७८ करोड ४८ लाख रुपैयाँ रहेको कम्पनीकोे रिजर्भ कोषमा १ अर्ब २४ करोड ५४ लाख रुपैयाँ रहेको छ । त्यस्तै जीवन बीमा कोष ३६ प्रतिशतले बढाएर ८ अर्ब ९० करोड ५१ लाख रुपैयाँ पुर्याएको वित्तिय विवरणमा उल्लेख छ।