Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मिलेनियम च्यालेञ्ज कम्प्याक्टको कार्यान्वयन आगामी वर्षको असार १६ देखि

मिलेनियम च्यालेञ्ज कम्प्याक्टको कार्यान्वयन आगामी वर्षको असार १६ देखि

काठमाडौं, २३ साउन । मिलेनियम च्यालेञ्ज कम्प्याक्टको कार्यान्वयन आगामी वर्षको असार १६ गतेबाट हुने भएको छ । नेपाल सरकार र अमेरिकी सरकारको प्रतिनिधिका रुपमा मिलेनियम च्यालेञ्ज कर्पोरेशनबीच विं सं. २०७४ को भद्रौमा कम्प्याक्ट सम्झौता भएको थियो ।

यस कार्यक्रम अन्तर्गत चार सय केभी क्षमताको १ सय १८ किलोमिटर प्रशारण लाइन एवं तीन वटा उच्च क्षमताको सब–स्टेशन निर्माण र बढीमा तीन सय किलोमिटरको रणनैतिक सडक मर्मतसम्भार गरिने छ । त्यसका लागि मिलेनियम च्यालेञ्ज कर्पोरेशनले ५० करोड अमेरिकी डलर र नेपाल सरकारले १३ करोड अमेरिकी डलर उपलब्ध गराउने सम्झौता भएको छ।

प्रयाप्त र भरपर्दो विद्युत आपूर्तिको अभाव र अप्रयाप्त सडक मर्मतसम्भारका कारणले हुन गएको उच्च यातायात लागतले मुलुकको आर्थिक बृद्धिमा समेत गम्भिर अवरोध सृजना गरेको निश्कर्ष सहित आयोजनाहरु तर्जुमा गरिएको जनाइएको छ । यो काम पाँच वर्ष भित्रमा सम्पन्न गरिसक्नुपर्ने छ । आयोजनाको समयावधी थप हुने छैन । काम सुरु गर्नका लागि विस्तृत डिजाइन, प्रशारण लाइन मार्ग निर्धारण, ठेक्का लागि टेण्डर आह्वानल लगायतको प्रक्रिया अघि बढिसकेको मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x