चुक्ता पुँजी नपुर्याउने आठ बिमा कम्पनीले समितिलाई स्पष्टीकरण बुझाए
काठमाडौं, २४ साउन । तोेकेको समयमा चुक्ता पुँजी कायम गर्न नसकेका बिमा कम्पनीहरुले बिमा समितिलाई स्पष्टीकरण पेश गरेका छन् । कम्पनीहरुले आफुले पुँजी पु¥याउन नसकेको कारण र उचित योजना सहित समितिमा स्पष्टीकरण पेश गरेका हुन । कम्पनीहरुले पेश गरेको निवेदन माथि अध्ययन भइरहेको समितिले जानकारी दिएको छ ।
बिमा समितिले तोकेको समयमा पाँच वटा निर्जीवन र तीन वटा जीवन बिमा कम्पनीले पुँजी कायम गर्न सकेका थिएनन् । कम्पनीले पुँजी कायम गर्न नसके पछि समितिले सात दिनको अवधि दिएर स्पष्टीकरणको लागि पत्राचार गरेको थियो । बिमा समितिले जीवन बिमा कम्पनीलाई २ अर्ब र निर्जीवन बिमा कम्पनीलाई १ अर्ब रुपैयाँ पूँजी पुराउँन निर्देशन दिएको छ । जसमध्ये जीवन बिमा तर्फ प्राईम लाईफ, सूर्या लाईफ र गुराँस लाईफले पुँजी कायम गर्न सकेका छैनन् । राष्टिय बिमा संस्थानले भने आफनै ऐन बमोजिम पुँजी पुराउँने भएको छ । त्यस्तै मेटलाईफ इन्स्योरेन्स कम्पनी विदेशी बिमा कम्पनीको शाखा कार्यालय भएकाले असाईन क्यापिटल पुराउँने पर्नेछ ।
त्यस्तै, निर्जीवन तर्फ प्रुडेन्सियल, लुम्बिनी, एनएलजी, युनाईटेड र राष्ट्रिय बिमा कम्पनीले पुँजी जुटाउँन सकेको छैनन् । त्यस्तै, नेशनल र ओरियण्टल इन्स्योरेन्स विदेशी कम्पनीले असाईन क्यापिटल पुराउँनुपर्नेछ ।
बिमा समितिले जारी गरेको बिमक दर्ता तथा व्यवसाय सञ्चालन सम्बन्धित निर्देशिका जारी गर्दा बिमा कम्पनीहरुलाई २०७५ को असारसमम्मा पुँजी पराउँन निर्देशन दिएको थियो । तर, सो अवधिमा कम्पनीहरुले पुँजी जुटाउँन नसकेपछि समितिले दुई पटकसम्म ३÷३ महिना गरी ६ महिना थप गरेको थियो । सो अवधिमा पनि कम्पनीहरुले पूँजी जुटाउन सकेनन् । बिमा समितिले कम्पनीहरुको वित्तीय विवरणमा एनएफआरएस प्रणाली लागू गरेपछि कम्पनीहरुले समयमा वित्तीय विवरण बुझाउँन सकेनन् । जसका कारण पुँजी जुटाउन असफल भएको भन्दै समय थप गर्न समितिलाई अनुरोध गरेका थिए । सोही बमोजिम समितिले २०७६ असारसम्मको समय दिएर पूँजी जुटाउँन निर्देशन दिएको थियो । तर, सो अवधिमा पनि पूँजी जुटाउँन नसकेका कम्पनीहरुलाई समितिले पत्राचार गरेर नै स्पष्टीकरण मागेको थियो ।
पुँजी जुटाउँन नसक्ने कम्पनीलाई समितिले मर्जरको प्राथमिकता राखेको छ ।