Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कैलालीमा नक्कली नोट कारोबारमा सक्रिय गिरोह प्रहरीको फन्दामा

कैलालीमा नक्कली नोट कारोबारमा सक्रिय गिरोह प्रहरीको फन्दामा

धनगढी, २५ साउन । प्रहरीले नक्कली नोट बनाउने मेसिनसहित पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको छ। धनगढी उपमहानगरपालिका क्षेत्रबाट नक्कली नोट बनाउने मेसिनसहित पक्राउ परेकाहरुलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ का २५ वर्षीय खग्रेन्द्र बम भन्ने खग्रेन्द्र रजवार, चुरे गाउँपालिका १ कै २२ वर्षीय भोज बहादुर बम, धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का २४ वर्षीय पल्लप राज भट्ट र महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका ६ का २५ वर्षीय गोकुल खड्का रहेका छन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर १ को नैनादेवी टोलबाट पक्राउ गरिएका चार जनालाइ सार्वजनिक गरिएको हो। चार जना मध्ये तीन जनालाई फरक फरक मितिमा धनगढीबाट पक्राउ गरिएको र गोकुल खड्कालाई सिआईवीको टोलीको सहयोगमा काठमाडौँबाट पक्राउ गरिएको कैलालीका प्रहरी उपरिक्षक सुदीप गिरीले जानकारी दिए । उनीहरुको साथबाट खोटा नोट छाप्ने एक थान मेसिन, नोट छाप्न प्रयोग भएको दुई सय २० थान सेतो पेपरलगायतका नेपाली र भारतीय नक्कली नोट समेत बरामद गरिएको छ ।पछिल्लो समय कैलालीबाट नक्कली नोट पक्राउ पर्ने क्रम बढको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x