Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

लघुवित्तका लागि सैनिक कल्याणकारी कोषको ४ अर्ब ४३ करोड कर्जा

लघुवित्तका लागि सैनिक कल्याणकारी कोषको ४ अर्ब ४३ करोड कर्जा

काठमाडौं,२६ साउन ।  सैनिक कल्याणकारी कोषले आफ्ना हिताधिकारीलाई रु चार अर्ब ४३ करोड ११ लाख ८६ हजार लघुवित कर्जा उपलब्ध गराएको छ ।  सैनिक सेवाबाट अवकास भएका व्यक्तिको जीवनलाई सवल र सक्रिय तुल्याउन योगदान पुगोस् भन्ने हेतुले कोषले परिवार तथा आवास अनुदान सहुलियत कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रमअन्तर्गत प्रतिव्यक्ति मासिक रु ४०० का दरले कल्याणकारी कोषबाट अनुदान दिई अवकाश हुँदाका बखत एक मुष्ट साँवा ब्याज लिन पाउने व्यवस्थासहित सकलदर्जाका लागि आवास र बीमा कार्यक्रम सञ्चालन भइरहेको कोषले जनाएको छ । कोषले विगतको द्वन्द्वमा अशक्त भएकालाई राहत स्वरुप ३७ जनालाई स्कुटर, १५६ जनालाई ह्वाल चियर तथा ६५ जनाको नाममा मुद्दति खाता खोलेर प्रतिव्यक्ति रु एक लाख चार हजार जम्मा गरिदिएको जनाएको छ  सैनिक विद्यालय तथा महाविद्यालयमा अध्ययन गर्न मौका नपाएका सैनिक परिवारका एक सन्तानलाई १० हजार प्रतिवर्ष उपलब्ध गर्दै आएको छात्रवृत्ति रकमलाई बढाएर २० हजार पु¥याइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x