Shangrila

अनिवार्य प्यान नम्बर व्यवस्था कार्यान्वयनका लागि व्यवसायीले मागे थप समय

काठमाडौं,२६ साउन ।  साना तथा मझौला व्यवसायीहरुले सरकारले सुरु गरेको अनिवार्य प्यान लगायतका व्यवस्था कार्यान्वयनका लागि थप समय आवश्यक रहेको भन्दै समय थप गर्न माग गरेका छन् । सरकारले लागु गरेको ऐन नियम सबैले पालना गर्न तयार रहेको तर कर प्रणाली र प्यान बारे मातहतका उद्योगी र मजदुरलाई बुझाउनका लागि केही समय दिनुपर्ने भन्दै उक्त ब्यवस्था तत्काल कार्यान्वयन गर्न नसकिने बताएका हुन ।

साना तथा मझौला व्यवसायी महासंघ नेपालले घरेलु उद्योगलाई कर मिनाहा गरिरहेको अवस्थामा सरकारले एकाएक करको दायरामा ल्याउनुको साथै मजदुरहरुलाई अनिवार्य प्यान नम्बर लिनुपर्ने व्यवस्थाले सरकारले दोहोरो चरित्र देखाएको बताए । “सरकारले लघु, घरेलु तथा मझौला साथै महिलाद्धारा संञ्चालिन उद्योगलाई कर छुटको ब्यवस्था पनि गर्ने अर्का तफ तीनै उद्योगमा काम गर्ने मजदुरका लागि कर कस्ने यसले थप अलमल सृजना गरेको छ । महासंघकी प्रथम उपाध्य इनु पौडेलले भनिन् । तत्काल उद्योगीलाई करमा जानुपर्ने र मजदुरलाई प्यान नम्बर लिनुपर्ने व्यवस्थाले समग्र उद्योग नै धरापमा पर्ने देखिएको पौडेलको भनाइ छ ।

सकारले  चालु आर्थिक बर्षको बजेट मार्फत साउनदेखि लागु हुने गरि अनिवार्य प्यान नम्बरको व्यवस्था गरेको छ। साथै मजदुर, कर्मचारी लगायतको मासिक तलब बैक मार्फत पठाउने व्यवस्था अनिवार्य गरेको छ । सरकारले प्यान अनिवार्य गरेपछि देशैभरका कर कार्यालयमा प्यान लिनेहरुको भिड बढेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *