लाभकर गणना विवाद नसुल्झदा यो साता पनि बजारमा पहिरो
काठमाडौं, २५ साउन । गत साताको तुलनामा यो साता सेयर बजार २५.२८ अंकले घटेको छ। गतसाताको अन्तिम दिन बिहीबार १२६३.८४ विन्दु बन्द भएको नेप्से परिसूचक यो साताको बिहीवार १२३८.५६ विन्दुमा बन्द भएको छ।
सातामा भारित औसत विधिबाट लाभकर गणनामा देखिएको समस्या समाधान हुन नसक्दा बजार घट्न पुगेको जानकारहरु बताउछन् । साताको ५ कारोबार दिनमा बुधबार एक दिन बढेपनि चार दिन बजार घटेको छ । सेयर कारोबार भने २ अर्व ३१ करोड रुपैयाँ भन्दा बढीको भएको छ।