सुनको मूल्य बृद्धिले व्यवसायमा ठुलो धक्का, तत्काल घट्ने छाटकाट छैन (भिडियो सामाग्री)
काठमाडौं, २६ साउन । सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ । केही दिनयता लगातार बढेको सुनको मूल्य आइतबार भने स्थिर रहेर प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको छ। यो हाल सम्मकै उच्च मूल्य हो । गत बुधबार सुन एकैदिन तोलामा १५ सय रुपैयाँले बढेर ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । अमेरिकी र चीन बीचको व्यापार युद्धसँगै भारत र पाकिस्तानको बिबादले सेयर र डलरका लगानीकर्ता सुनतर्फ आकर्षित हुँदा मूल्य बढेको हो ।
मूल्य बृद्धि र त्यसले बजारमा पारेको प्रभावबारे नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यको भिडियो प्रतिक्रिया :