पाटा नेपालद्वारा संचालित ‘द आर्ट अफ सेलिङ्ग डेस्टिनेशन’ तालिम सम्पन्न
काठमाडौं, २६ साउन । प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले पोखरास्थित गेट भोकेशनल पm्याब स्कुलमा ‘द आर्ट अफ सेलिङ्ग डेस्टिनेशन’ तालिम संचालन गरेको छ । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा गत बिहीबार र शुक्रबार संचालित तालिममा ६६ जना युवा पर्यटनकर्मी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
तालिमका लागि थाईल्यान्डस्थित विनिङ्ग एड्जका प्रबन्ध निर्देशक डा. बर्ट भान वालबिक नेपाल आएका थिए । माईस टुरिज्म तथा स्पेशल इन्टेरेस्ट टुरिज्मको प्रवद्र्धन र बिक्री सम्बन्धी आवश्यक जागरुकता, ज्ञान, सीप र क्षमता अभिवृद्धि गराउने प्रमुख उद्धेश्यका तालिम आयोजना गरिएको हो ।