Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बैदेशिक रोजगार बिमाको भुक्तानी अव अनलाईबाटै

बैदेशिक रोजगार बिमाको भुक्तानी अव अनलाईबाटै

काठमाडौं, २६ साउन । अब देखि बैदेशिक रोजगार बिमा खरिद गर्दा अनलाईनबाट नै भुक्तानी गर्न सकिने भएको छ । बिमा समितिले बैदेशिक रोजगार विभागलाई अनलाईन पेमेण्टको लागि सहमती दिने भएको छ । समितिका अनुसार ५ हजार रुपैयाँसम्मको बैदेशिक रोजगार बिमा योजना खरिद गर्दा अनलाईनबाट नै पेमेण्ट गर्न सकिनेछ ।

तयारी अवस्थामा विभाग
बैदेशिक रोजगार विभागले अनलाईनबाट नै बैदेशिक रोजगार म्यादी जीवन बिमा खरिद गर्ने सुविधा सञ्चालन गर्ने पूर्ण तयारी गरिसकेको छ । कामदारको सुविधा र पारदर्शितालाई मध्यनजर गरी विभागले रोजगार म्यादी जीवन बिमालाई अनलाईनबाट नै भुक्तनी गर्न सक्ने प्रणालीको विकास गर्न लागेको हो ।

सरकारले बैदेशिक रोजगार म्यादी जीवन बिमालाई अनिवार्य गरेको छ । तर, बिमा खरिद गर्दा विभिन्न झन्झट हुनु साथै विभागलाई प्रविधिमैत्री बनाउँन यस्तो खालको प्रणालीको विकास गरिएको बैदेशिक रोजगार विभागका महानिर्देशक डा.भिष्म कुमार भुसालले बताए । “यस बिषयमा हामीले बिमा समितिसँग पनि छलफल ग¥यौ । समितिले कुनै निर्णय दिएको छैन । तर कम्पनीहरु अनलाईन पेमेण्टको लागि तयार छन्,” उनले भने । बिमा समितिले स्वीकृति दिने वित्तिकै सुुविधाको सुरुवात गरिने उनले बताए ।

बिमा समितिको सहमतीसँगै राष्ट्र बैकबाट अनुमति प्राप्त कुनै पनि अनलाईन पेमेण्ट सिस्टमबाट भुक्तानी गर्न सकिनेछ । हाल विभागमा स्वीकृति लिएका अनलाईन पेमेण्ट गर्न सकिनेछ । विभागमा हालसम्म तीन वटा अनलाईन सेवा प्रदायक संस्था जोडिई सकेका छन् ।

नेपालका बिमा कम्पनीहरुले बैदेशिक रोजगार बिमाका लागि पुल निर्माण गरेका छन् । सोही पुलबाट नै बिमा जारी गर्ने गरिन्छ । बिमा समितिको तथ्यांक अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा बैदेशिक रोजगार बिमा बापत कम्पनीहरुले २ अर्ब ३१ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x