रिलायन्स लाईफ इन्स्योरेन्सको बिमा शुल्क भुक्तानी अव खल्ती एपबाट गर्न सकिने
काठमाडौं, २६ साउन । रिलायन्स लाईफ इन्स्योरेन्स र खल्ती डिजिटल वालेटबीच डिजिटल बिमा भुक्तानीमा सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार अव रिलायन्स लाईफका ग्राहकले आफ्नो मोबाईलमा रहेको खल्ती एप मार्फत बिमा शुल्क भुक्तानी गर्न सक्नेछन् ।
ग्राहकले बिमा शुल्क खल्ती वालेटमा भएको ब्यालेन्स अथवा इन्टरनेट बैंकिङ र मोबाईल बैंकिङ मार्फत सहजै बुझाउन सक्नेछन् । हाल खल्ती प्रयोगकर्ताहरुको संख्या ८ लाख भन्दा बढि रहेको छ ।
रिलायन्सको जारी पुँजी २ अर्व १० करोड र चुक्ता पूँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । ८८ वटा शाखा÷उपशाखा कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ जानकारी दिइएको छ।