Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

साढे १३ हजार लगानीकर्ताले लिएर अनलाईन सेवा

साढे १३ हजार लगानीकर्ताले लिएर अनलाईन सेवा

काठमाडौं, २८ साउन । सेयर कारोबारका लागि अनलाईन सेवा लिनेको संख्या करिब साढे १३ हजार पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार गत सातासम्ममा १३ हजार ४ सय १९ जनाले अनलाईन सेवा लिएका छन् ।

नेपाल स्टक एक्सचेञ्जको तथ्यांक अनुसार नेप्सेको अनलाईन प्रणालीमार्फत कारोबार गर्ने लगानीकर्ताहरुको संख्या गत एक सातामा २ सय ९७ जना थपिएका छन् । अघिल्लो सातासम्म १३ हजार १ सय २२ लगानीकर्ताहरुले अनलाईन सेवा लिएका थिए ।

नेप्सेको तथ्यांक अनुसार आर्यतारा इन्भेष्टमेण्ट एण्ड सेक्यूरिटिजबाट १ हजार ३ सय ३६ जना लगानीकर्ताले अनलाईन सेवा लिएका छन् । अनलाईन सेक्यूरिटिजबाट ८ सय २७ जनाले अनलाईन सेवा लिएका छन् । त्यस्तै, दिपशिखा धितोपत्रबाट ८ सय , सुन्धारा सेक्यूरिटीजबाट ७ सय १२, सनी सेक्यूरिटीजबाट ५ सय ८, सेक्यूयोर्ड सेक्यूरिटीजबाट ५ सय १ र कोहीनूर इन्भेष्टमेण्ट एण्ड सेक्यूरिटिजबाट ४ सय ५० जना लगानीकर्ताले अनलाईन सेवा लिएका छन् । नेप्सेले गत २०७५ कार्तिक २० गते देखि औपचारिक रुपमा अनलाईन कारोबार सेवा सञ्चालनमा ल्याएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x