Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सेयर बजार १२०९ को बिन्दुमा झर्यो

सेयर बजार १२०९ को बिन्दुमा झर्यो

काठमाडौं, ८ भदौ । साताको पहिलो कारोबार दिन आइतबार (आज) सेयर बजारमा गिरावट आएको छ। आज बजार ३.४५ अंकले घटेर १२०९.६२ को विन्दुमा बन्द भएको छ। आज कारोबारमा आएका मध्ये होटल र उत्पादन तथा प्रशोधन समूह बाहेक अरु सबै समूहको परिसूचकमा गिरावट आएको छ।

कारोबार पनि एक सय ७१ कम्पनीको ३५ करोड २ लाख ६९ हजार रुपैयाँको भएको छ। सो दिन छिमेक लघुवित्त विकास बैंकको प्रमोटर सेयरमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ। बैंकको ३ करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, सबैभन्दा बढी कमाउनेमा सिर्जना फाइनान्सका लगानीकर्ता छन । फाइनान्सको सेयर मूल्य ४.२१ प्रतिशतले बढेको छ भने सबैभन्दा बढी गुमाउनेमा पाँचथर पावर कम्पनी परेको छ । कम्पनीको सेयर मूल्य भने ७.२० प्रतिशतले घटेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x