Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

विलासिता तर्फ जादैछ मुलुक,गत वर्ष ९९ अर्बको विलासी वस्तु आयात

विलासिता तर्फ जादैछ मुलुक,गत वर्ष ९९ अर्बको विलासी वस्तु आयात

काठमाडौ, ८ भदौ । नेपालमा विलासी बस्तुको आयातमा बृद्धि भएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्यांक अनुसार गत आर्थिक २०७५÷७६ मा करिब ९९ अर्ब रुपैयाँ बराबरको विलासी वस्तु आयात भएको छ । सो आवमा नेपालमा कुल १४ खर्ब १८ अर्ब ५६ करोड रुपैयाँ बराबरका वस्तु आयात भएको छ । जसमध्ये विलासी वस्तुको हिस्सा ७ प्रतिशत पुगेको छ ।

मन्त्रालयले सुनचाँदी, श्रृंगार तथा कस्मेटिक, महँगा गाडी, मदिरा लगायत वस्तुलाई विलासी वस्तु मानेको छ । सो वर्ष २ अर्ब ६७ करोड ले बढेर ३४ अर्ब ४१ करोड रुपैयाँ बराबरको सुनको आयात भएको छ । अघिल्लो आव २०७४÷७५मा ३१ अर्ब ७४ करोड रुपैयाँको सुन आयात भएको थियो । साथै ४ अर्ब ८४ करोडले बढेर गत आवमा ९१ अर्ब १५ करोड रुपैयाँ बराबरको सवारी साधनको आयात भएको छ । आव २०७४÷७५ मा नेपालमा ८६ अर्ब ३१ करोडको सवारी साधन आयात भएको थियो । १० अर्ब १७ करोड रुपैयाँ बराबरको श्रृंगार तथा कस्मेटिक आयात भएको थियो । सो अवधिमा नेपालमा ७ अर्ब २० करोडको चाँदी आयात भएको छ । त्यस्तै, २ अर्ब ८९ करोडको चुरोट, सुर्ती तथा १ अर्ब ६७ करोड रुपैयाँ बराबरका मिठाई आयात भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x