सुनको भाउ उकालो लाग्दै, प्रतितोला १२ सय बढ्यो

काठमाडौं, ८ भदौ । स्थानीय बजारमा सुनको भाउ उकालो लाग्दै गएको छ । गत साताको अन्तिम दिन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउमा आज प्रतितोला १२ सय रुपैयाँले बृद्धि भएको छ । आज स्थानीय बजारमा सुन प्रतितोला ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीमा पनि २० रुपैयाँ मूल्य बृद्धि भएको छ । शुक्रबार प्रतितोला ८ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *