Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

करिब आधा प्रतिष्ठान दर्ता बिना नै सञ्चालित

काठमाडौं । नेपालमा सञ्चालित आधा भन्दा बढी प्रतिष्ठानहरु सरकारको नियमन भन्दा बाहिर रहेको पाईएको छ । केन्द्रिय तथ्यांक विभागको तथ्यांक अनुसार नेपालमा करिब आधा व्यवसायिक प्रतिष्ठानहरु दर्ता बिना नै सञ्चालनमा रहेको पाइएको छ । ४९.९ प्रतिशत प्रतिष्ठानहरु दर्ता नै नभई सञ्चालन भएको तथ्यांकमा उल्लेख छ ।

विभागले गरेको राष्ट्रिय आर्थिक सर्भेक्षणले मुलुकमा ९ लाख २३ हजार ३५६ ओटा व्यवसायिक प्रतिष्ठानहरु रहेको देखाएको थियो । जसमध्ये ४ लाख ६० हजार ४२२ ओटा प्रतिष्ठान दर्ता नभएको तथ्यांले देखाएको छ । ४ लाख ६२ हजार ६०५ ओटा संस्था मात्रै दर्ता भएर सञ्चालन भएका छन् । यो संख्या कुल संख्याको ५०.१ प्रतिशत हो ।

देशभर रहेका प्रतिष्ठानहरुमध्ये ३ लाख ९४ हजार २१९ ओटा संस्थाहरु पछिल्लो ३ वर्षमा दर्ता भएका हुन् । त्यस्तै, कुल प्रतिष्ठानहरुमध्ये ४६.७ प्रतिशतको आफ्नै भवन रहेको, ४९.७ प्रतिशत भाडामा बसेको र बाँकी ३.६ प्रतिशत भौतिक उपस्थितिबिनै सञ्चालनमा रहेको जनाइएको छ । सर्भेक्षणले व्यवसायिक कार्यमा सहभागी हुनेको कुल संख्या ३२ लाख २८ हजार ४५७ रहेको समेत जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x