चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउदैं
काठमाडौं, १९ भदौ । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा उनि काठमाडौं आउन लागेका हुन । भ्रमणका क्रममा वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गर्ने कार्यतालिका तय गरिएको छ। ज्ञवाली र उहाँका चिनियाँ समकक्षी वाङ द्विपक्षीय बैठकमा सहभागी हुने बताइएको छ। चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिभ्स् (बीआरआई) परियोजना र चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन विभिन्न परियोजनाबारेमा बैठकमा छलफल हुने परराष्ट्रले जनाएको छ। चीनिया राष्ट्रपति सी आगामी असोज अन्तिम साता भारतको तमिलनाडुस्थित ममल्लापुर भ्रमणमा जाने र सोही समयमा काठमाडौं समेत आउने कार्यक्रमको तयारी भइरहेकाले र त्यसैको तयारी सरुप विदेशमन्त्री वाङ नेपाल आउन लागेको परराष्ट्रका अधिकारीहरू बताउछन्